YouTube Link

लुम्बिनी अल स्टारले जित्यो टी-ट्वान्टी क्रिकेट लिगको उपाधि

World Cup 2026
Facebook Link

 

काठमाडौं: विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी अल स्टारले पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि जितेको छ ।

 

टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

 

विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

 

लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।

 

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १३३ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत, कियोन जोशेफ, सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

 

उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

 

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो । पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले सहभागिता जनाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...