कतार फिफा विश्वकप २०२२: आज चार खेल हुँदै, अर्जेन्टिना र मेक्सिकोबीचको खेल मध्यरातमा
वि.सं.२०७९ मंसिर १० शनिवार ०८:०७
3.5K
shares
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज लिगको दोस्रो चरणको खेलमा चार खेलहरु हुँदै छन् । समूह चरणको ‘सी’ र ‘डी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
ट्युनिसिया र अष्ट्रेलिया आज पहिलो जितको खोजीमा हुनेछन् । ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अष्ट्रेलिया पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा हुनेछ भने साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
त्यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जित निकाल्न चाहन्छ भने डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
यसैबीच चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिनाले पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बराबरी खेलेको मेक्सिको पनि पहिलो जित निकाल्न चाहन्छ ।
वि.सं.२०७९ मंसिर १० शनिवार ०८:०७


















