उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग भिड्दै
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:२३
3.8K
shares
काठमाडौं: साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । यी दुईबीचको खेल दिउँसो ४:४५ बजे हुनेछ ।
डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो । नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपाललले बराबरी गरे उपाधि उचाल्छ । यस अघिको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रोमा १–० ले परजित गरेको थियो ।
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:२३




















