YouTube Link

आर्मी बन्यो ‘ए’ डिभिजन लिगको उपविजेता, पुलिसलाई हराउँदै एनआरटी तेस्रो

World Cup 2026
Facebook Link

 

काठमाडौं: मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता बनेको छ ।

 

लिगको आफ्नो अन्तिम खेलमा शनिबार मनाङसँग १-१ गोलको बराबरी खेलेपछि आर्मी उपविजेता बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो । खेलको ४५औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

 

तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १-१ गोलको बराबरी गरेको हो ।

 

बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोडेर लिगको उपविजेता बन्यो ।

 

लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

 

मनाङले १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

 

यसैबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले हराउँदै तेस्रो बनेको छ ।

 

एनआरटीले एक गोलको अग्रतालाई उल्टाएर जित निकालेको हो ।

 

एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।

 

खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको थियो ।

 

तर, खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।

 

खेलको ६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए ।

 

त्यसपछि खेलको ८३ औं मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३-१ को जित दिलाए ।

 

जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

 

एनआरटीले १३ खेलमा २३ अंक जोड्यो भने पुलिसले १२ अंक जोड्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...