एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ
वि.सं.२०७८ फागुन १२ बिहीवार १५:०७
3.1K
shares
काठमाडौं: एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको हो । ड्रमा नेपाल सहित समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:०७




















