Texas College
YouTube Link

भारोत्तोलनमा सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

Facebook Link

 

 

काठमाडौं: बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा ९औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् ।

 

१३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।

 

उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै किर्तिमानमा सुधार गरेकी थिईन् ।

 

पुनः तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भईन् ।

 

तर तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।

 

५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रसंशा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरि कुल १०५ केजी भार बहन गरिन् ।

 

यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।

 

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि किर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् ।

 

यस अघि यस तौल समूहको किर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् ।

 

दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरि कुल १२७ केजी भार बहन गरिन् ।

 

यस्तै तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् ।

 

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् ।

 

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् ।

 

दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरि कुल ७३ केजी भार बहन गरिन् ।

 

यस्तै तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।

 

जुनियर तर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरिन् ।

 

दोश्रो स्थानमा दाङ्गकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरि कुल ७८ केजी भार बहन गरिन् ।

 

महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरुले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे ।

 

प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरि कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरि कुलमा ९५ केजीका साथनै प्राविधिक आधारमा तृतीय स्थानमा आईन् ।

 

प्राविधिक संजय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्रार्थमिकता प्राप्त हुने  नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोश्रो स्थान प्राप्त गरेकी हुन् ।

 

महिलाको ६४ केजी तौल समूहको युथ तर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरि कुलमा १०४ केजी भार बहन गरिन् ।

 

यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवै तर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरि कुल ८९ केजी भार उचालिन् ।

 

जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरि कुल ९५ केजीका भार उचालिन् ।

 

यस्तै यस स्पर्धामा नेपाली सेनाकी श्रृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरि कुल ८५ केजी तौल उचालिन् ।

 

यस स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् ।

 

दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पुजा कुमाल तेश्रो भईन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।

 

पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङ्गले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् ।

 

 

दोश्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे ।  उनले स्नाचमा ८२ क्लिनमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे ।

 

तेश्रो स्थानमा कास्कीका धनबहादुर झाक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरि कुल १८३ केजी भार बहन गरे ।

 

७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए ।

 

पालले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् । युथले जुनियर र सिनियर तर्फ पनि प्रतिस्पर्धा गर्न पाईने संघका सदस्य एवं प्राविधिक संजय महर्जनले जानकारी गराए ।

 

जुनियर तर्फ सशस्त्र प्रहरीका लाहाङ्ग थाम्सुहाङ्गले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी गरि कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे ।

 

यस्तै कञ्चनपुरका अभिषेक बिष्टले स्नाचमा ६२, क्लिनमा ७६ गरि कुलमा १३८ केजीका साथ कास्य पदक पाए ।

 

युथ तर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिनमा ६० गरि कुल ११० केजीका साथ रजत प्राप्त गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...