स्पेनिस ला लिगामा गेटाफेसँग बिल्वाओ रोकियो
वि.सं.२०७८ मंसिर २१ मंगलवार ०८:२८
2K
shares
एजेन्सी: स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओ गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बिल्वाओ बराबरीमा रोकिएको हो ।
खेलको १९औं मिनेटमा इनिगोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बिल्वाओ अग्रता लिनबाट चुक्यो ।
बिल्वाओका लागि खेलको ६०औं मिनेटमा राहुल गार्सियाले सुवर्ण अवसर खेर फाले । त्यसपछि दुवै टोलीबाट केही आक्रमण बुनेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
बराबरीसँगै बिल्वाओ १६ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहँदा सातौं स्थानमा उक्लने मौका गुमाएको छ ।
गेटाफे ११ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार ०८:२८




















