YouTube Link

कोरोना महामारीका कारण स्थगन भएको इन्डियन प्रिमियर लिगको बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

Facebook Link

एजेन्सीः कोरोना महामारीका कारण स्थगन गरिएको इन्डियन प्रिमियर लिग (आइपीएल)को बाँकी खेल खेलाउनका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन् ।

 

इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आइपीएल-२०२१ का बाँकी खेल आयोजना गर्न अफर गरेका छन् ।

 

आइपीएलको बाँकी ३१ खेलका लागि बीसीसीआईले २० दिने सिजनको खोजी गरिरहेको छ । यसअघि दक्षिण अफ्रिका तथा यूएईले आइपीएल होस्ट गरिसकेका छन् ।

 

गत संस्करणको आइपीएल यूएईमा आयोजना गरिएको थियो । रिपोर्ट अनुसार बीसीसीआईले यूएईलाई ९८.५ करोड भारतीय रुपैयाँ दिएको थियो ।

 

कोरोना महामारीका कारण बाँकी खेल सेप्टेम्बर/अक्टोबरमा हुने संभावना रहेको छ ।

 

भारतमा कोरोना निरन्तर बढीरहेका कारण पुन: भारतमै प्रतियोगिता हुने संभावना कमजोर रहेको छ ।

 

यस्तो अवस्थामा आइपीएलको बाँकी खेलका लागि विभिन्न देशले अफर गरिरहेका छन् ।

 

गत संस्करणमा सफल्ता पुर्वक यूएईले प्रतियोगिता आयोजना गरेकाले पनि यूएईनै पहिलो रोजाई बन्नसक्ने संभावना रहेको छ ।

 

त्यस्तै बीसीसीआईका लागि इङ्‌ग्ल्याण्ड दोस्रो प्राथमिकतामा पर्नसक्छ । भारतीय टीम मे महिनादेखि मध्य सेप्टेम्बरसम्म इङ्ग्ल्यान्डमै रहने भएकाले सेप्टेम्बर अन्ततिरको २० दिनको स्लटमा आइपीएल आयोजना हुन सक्नेछ ।

 

बीसीसीआईका लागि अस्ट्रेलिया तेस्रो रोजाई बन्न सक्छ ।

 

किनकी चर्चित बिगबास आयोजनाको अनुभव भएको अस्ट्रेलियामा उसका लागि धेरै मिहिनेत गर्नु नपर्ने भएकाले पनि बीसीसीआईको रोजाईमा अस्ट्रेलिया पनि पर्न सक्नेछ ।

 

त्यस्तै, अर्को प्रस्तावक राष्ट्र श्रीलंका झनै कम प्राथमिकतामा पर्न सक्छ ।

 

श्रीलंकाले जुलाईदेखि अगस्टसम्म लंका प्रिमियर लिग गर्ने भएकाले यही प्रतियोगिताको तयारीले आइपीएल पनि आयोजना गर्न सकिने उसको विश्वास छ ।

 

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई र कक्षा १२ को परीक्षा स्थगित

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...