YouTube Link

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

Facebook Link

प्रदेश नं ५: दाङ्ग विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एकले दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि जितेको छ।

प्रधानमन्त्री कप डिफेन्डिङ च्याम्पियन समेत रहेको एपीएफलाई रोमाञ्चक खेलमा हराउँदै प्रदेश–१ ले महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको हो।

लमही क्रिकेट मैदानमा प्रदेश-१ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा रनमा समेटियो ।

एपिएफलाई रोक्न एक नम्बर प्रदेशका लागि कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २-२ विकेट लिइन् भने संगीता राईले १ विकेट लिइन्।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करूणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्व्धिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिएका थिए ।

नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिंगम आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको सर्वाधिक ओपनिङ साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए ।

१३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्।

त्यसपछि सिताले रोम थापाको पनि विकेट लिंदै प्रदेश-१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्।

त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम ब्याटिंग गरिन्।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्।

करुणा भण्डारीले १ विकेट  हात पारिन्।

प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो।

एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो।

प्रतियोगिताको विजेता एक नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af-%e0%a5%ab-%e0%a4%96/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...