Rajshow Bivag

एसइईको नतिजा असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी

Departmant of helth services

 

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।

 

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

 

उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

 

परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका छन् । एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए ।

 

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन माग गरेको छ । बोर्डले बुधबार एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको हो ।

 

सूचना अनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ । संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ । एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस, आईभीआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ ।

 

‘असार १३ गते दिनको १ बजे प्रस्तावदाताको रोहबरमा प्राप्त प्रस्तावहरु परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० भक्तपुरमा खोलिनेछ, प्रस्ताव पेश गर्दा खामबाहिर एसएमएस, आईभीआर तथा वेबसाइट सेवासम्बन्धी प्रस्ताव भनी स्पष्ट उल्लेख गर्नुपर्नेछ,’ सूचनामा उल्लेख छ ।

 

परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा प्रकाशन गरेपछि मात्र नतिजासम्बन्धी विवरण उपलब्ध गराइने र नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१औं दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...