YouTube Link

अभिभावकले मोबाइलबाटै छोराछोरीको पढाई प्रगति हेर्न मिल्ने पहिलो एप सार्वजानिक

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप नेपालमै पहिलो पटक सार्वजानिक भएको छ । एम्बिसन गुरु नेपाल प्रा.लि. ले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीले एपमा कति समय बसेर पढिरहेका छन् भन्ने कुरा थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

 

विद्यार्थीहरुले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए । कुन-कुन परीक्षामा सहभागी भए । नबुझेका कुरा शिक्षकलाई कतिको प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सकिनेछ । परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि  मोबाइल एपबाट नै हेर्न मिल्नेछ ।

 

कुन-कुन विषयमा अझ कति मिहेनत गर्नुपर्ने जस्ता कुरा अत्याधुनिक AI प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्मक अवस्थामा रहेका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीले विश्वास लिएको छ ।

 

इ-लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको कम्पनीले जनाएको छ । नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई,  +2, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउन सकिने कम्पनीले जानकारी दिएको छ ।

 

लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दीका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेको पनि कम्पनी जनाएको छ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाईरहेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई छात्तवृत्ति प्रदान गरेको कम्पनीले जानकारी गराएको छ । भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...