YouTube Link

अभिभावकले मोबाइलबाटै छोराछोरीको पढाई प्रगति हेर्न मिल्ने पहिलो एप सार्वजानिक

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप नेपालमै पहिलो पटक सार्वजानिक भएको छ । एम्बिसन गुरु नेपाल प्रा.लि. ले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीले एपमा कति समय बसेर पढिरहेका छन् भन्ने कुरा थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

 

विद्यार्थीहरुले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए । कुन-कुन परीक्षामा सहभागी भए । नबुझेका कुरा शिक्षकलाई कतिको प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सकिनेछ । परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि  मोबाइल एपबाट नै हेर्न मिल्नेछ ।

 

कुन-कुन विषयमा अझ कति मिहेनत गर्नुपर्ने जस्ता कुरा अत्याधुनिक AI प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्मक अवस्थामा रहेका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीले विश्वास लिएको छ ।

 

इ-लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको कम्पनीले जनाएको छ । नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई,  +2, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउन सकिने कम्पनीले जानकारी दिएको छ ।

 

लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दीका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेको पनि कम्पनी जनाएको छ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाईरहेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई छात्तवृत्ति प्रदान गरेको कम्पनीले जानकारी गराएको छ । भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...