YouTube Link

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने खगोलविदहरुको भनाई, उत्तरी ध्रुवमा दिन लामो र रात छोटो हुने

Facebook Link

 

काठमाडौं: आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।

 

यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो ।

 

समितिका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष) अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्यदुरुस्थ भनिन्छ । पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ ।

 

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा केवल १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् । पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन ल्याउँदैन । तर अनौठो कुरा के छ भने पृथ्वी सूर्यबाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा (असार/साउन महिनामा) सबभन्दा बढी गर्मी हुन्छ ।

 

यसको कारणबारे प्रष्ट्याउँदै विकास समितिले भनेको छ, ‘यसो हुनुको मुख्यकारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो । जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन् । जुलाई ६ अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट टाढा रहेतापनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ ।’

 

समितिले भनेको छ, ‘उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशतमात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन् । यही समयमा दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि) सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...