YouTube Link

फेरियो ट्वीटरको लोगो निलो चराको ठाउँमा कुकुर

Facebook Link

 

एजेन्सीः सिइओ एलन मस्कले ट्वीटरको लोगो फेरिदिएका छन् । योसँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ ।

 

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्र देखिनेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।

 

यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ ।

 

हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सी मार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।

 

मस्कले एउटा तस्वीर ट्वीट गरेका छन् । त्यसमा ट्वीटरकै लोगोमा भएको उक्त कुकुर कारको चालक सिटमा बसेको छ र ट्राफिक पुलिसलाई आफ्नो लाइसेन्स देखाइरहेको छ । उक्त लाइसेन्समा ट्वीटरको पूरानो लोगोको रुपमा रहेको निलो चराको फोटो देखिन्छ । त्यसपछि डगीको ट्राफिक पुलिससँग भन्छः यो पुरानो तस्वीर हो ।

 

स्मरण रहोस् एलन मस्कले डगीका विषयमा पहिले नै संकेत दिएका थिए । गत फेब्रुअरीमा उनले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए ।

 

तस्वीरमा उक्त कुकुर ट्वीटरको सिइओको कुर्सीमा बसेको देखिन्थ्यो । त्यसको अगाडिको टेबलमा एउटा कागज राखिएको थियो जसमा कुकुरको नाम ‘फ्लोकी’ लेखिएको थियो । त्यसको तल उसको पद ‘सिइओ’ लेखिएको थियो ।

 

यद्यपि उक्त कागजमा ट्वीटरको पुरानै लोगो थियो । मस्कले त्यो पुरानो लोगोलाई सोही कुकुरको तस्वीरले परिवर्तन गर्ने कुराको संकेत त्यहीँबाट गरेका भएपनि त्यसबेला कसैले त्यसको अनुमान गर्न सकेनन् । मस्कले मजाक गरेको सम्झिए ।

 

एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेसँगै अर्को एउटा ट्वीट पनि गरेका छन् । जसमा उनले लेखेका छन्- बाचा अनुसार । वास्तवमा उक्त ट्वीटमा मस्कले एक स्क्रिनसट शेयर गरेका छन् जुन मार्च २६ को पुरानो ट्वीट हो । सो स्क्रिनसटमा गरिएका पोस्टमा मस्कले सोधेका थिए- के एक नयाँ प्लाटफर्मको आवश्यकता छ ?

 

त्यसमा चेयरम्यान नामका प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्- ट्वीटर किन र त्यसको निलो चरावाला लोगोलाई कुकुरमा बदल ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...