YouTube Link

एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

 

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएकोले एमालेले सभा गर्न लागेको एमाले उप-महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी १ लाख उतार्ने लक्ष्य लिएको छ । उपत्यकाको तीन जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरिएको छ ।

 

जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई तोकेको थियो । तर आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ । भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।

 

जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्व निर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडक मात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ । जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने छ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...