YouTube Link

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

Khanepani Dhal
Facebook Link

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । ४७औं राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन् । कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन् । निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ । राष्ट्रपतिका अतिरिक्त अमेरिकी मतदाताले आज अर्थात् ५ नोभेम्बरका दिन तल्लो सदन कंग्रेसका ४३५ र सिनेट तथा माथिल्लो सदनका ३४ सिटमा नयाँ सदस्य चयनका लागि समेत मतदान गर्नेछन् ।

 

सन् २०२० को चुनावमा तत्कालीन सिनेटर कमला ह्यारिस जो बाइडेनको चुनावी अभियानमा सामेल भएकी थिइन् र उनी पहिलो अश्वेत र दक्षिण एसियाली महिला थिइन् । जसलाई  प्रमुख राष्ट्रिय पार्टीले उपराष्ट्रपतिमा मनोनीत गरेको थियो । उनको विजय  ऐतिहासिक उपलब्धि थियो । जुन पहिलो पटक एक अश्वेत महिलाले उपराष्ट्रपतिको पद धारण गरेको थियो । अब, शीर्ष पदका लागि डेमोक्र्याटिक उम्मेदवारको रूपमा, उनी फेरि एक पटक इतिहास रच्न सक्छिन् र सम्भवतः अमेरिकाको पहिलो महिला राष्ट्रपति र पद सम्हाल्ने पहिलो अश्वेत महिला बन्नेछिन् ।

 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा जो बाइडेनसँग हारेको राष्ट्रपति पद पुनः प्राप्त गर्ने लक्ष्यका साथ ह्वाइट हाउसमा फर्कने प्रयास गरिरहेका छन् । यद्यपि, ट्रम्पको बाटो कानुनी र राजनीतिक अवरोधहरूले भरिएको छ, किनकि उनी आपराधिक अभियोगहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।  यी विवादका बावजुद ट्रम्प फेरि सत्तामा फर्किने दाउमा छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...