YouTube Link

आदिवासी, जनजातिहरुको अधिकार संरक्षण हुन्छ: देउवा, खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने: महामन्त्री थापा

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय अधिवेशन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

 

सम्बोधनका क्रममा देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए । आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने देउवाको विश्वास छ । सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए ।

 

उनले भने, ‘तपाईंहरु आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरुका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

 

 

यसैबीच अधिवेशनलाई सम्बोधान गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् । पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर यो अवधिभित्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

 

‘लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अधिवेशन गरिसकेपछि उहाँहरू (अधिवेशन नगर्ने भ्रातृ संस्था)ले केही भन्न पाउनुहुँदैन,’ थापाले भने, ‘खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने । योभन्दा अरु उपाय केही पनि हुन्न ।’ भ्रातृ संस्थाहरूले अधिवेशन गर्ने छाँटकाँट भने आफूले नदेखेको उनले सुनाए । भ्रातृ संस्थाले अधिवेशन गराउन पाएको जिम्मेवारी पूरा नगरेर सभापति र महामन्त्रीलाई दोष लगाउने गरेको थापाले बताए । ‘सबैले दोष कसलाई लगाउनुभएको छ भने मौका पाउनुभयो कि पार्टीको सभापति खत्तम, महामन्त्री खत्तम अधिवेशन नै गर्न सकेन भन्नुभएको छ,’ थापाले भने ।

 

कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये महासमिति बैठकअघि मुस्लिम संघले अधिवेशन गरेको थियो । अधिवेशन गरेर नयाँ नेतृत्व चुन्नेमा दोस्रो लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनेको छ । २०६४ सालमा स्थापना भएको आदिवासी जनजाति संघले पहिलोपटक अधिवेशन गर्न लागेको हो ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...