Rajshow Bivag

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

Departmant of helth services

 

काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौँमा भएको ‘द्विपक्षीय वार्ता’का क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए ।

 

कतारमा कार्यरत नेपालीहरू नेपाल-कतारबीचको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षित रूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे । नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए ।

 

नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।

 

नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए । भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए ।

 

नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।’ उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गरे ।

 

प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत झन्डै ४ लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालिम र सिप विकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे । नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१

  काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी...

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:०५

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस...

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...