YouTube Link

उपनिर्वाचन वहिष्कार गर्न युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी

Facebook Link

काठमाडौं: यहि मंसिर १४ गते हुन लागेको उपनिर्वाचन बहिष्कार गर्नको लागि युवा कम्युनिष्ट लिगले उपनिर्वाचनको विरोध गर्दै विज्ञप्ती जारी गरेको छ । देशको सिमा मिचिएको सन्दर्भ जोड्दै सरकारप्रति ध्यानाकर्षण गराउँदै देश भारतीय विस्तारवादको नांगो हस्ताक्षपको कारण संकटमा परेको र भ्रष्टचार, महंगी र कालोबजारीबाट जनता आक्रान्त भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ- सरकार देश/जनताको जिम्मा लिएर असाध्यै सतही, कर्मकाण्डी र प्रतिक्रियावादमा जकडी रहेको छ । जुन कुरा पछिल्लो मन्त्रीमण्डल हेरफेर, उपनिर्वाचनको नाटक र कुटनीतिक पहल गर्न छाडेर कालापानीमाथि संसदवादी नेताहरुका तुच्छ वक्तव्य बाजीबाट प्रष्ट भएको उल्लेख छ ।

यसैगरी विज्ञप्ती मार्फत भनिएको छ- गम्भीर संक्रमणको घडिमा हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र)ले गरिरहेको देशव्यापी खबरदारी, भण्डाफोर तथा शान्ति र समाजवाद विरोधी उपनिर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रमहरुमा व्यापक दमन गरेर नेता/कार्यकर्ताहरुमाथि थोपरिरहेको अनावश्यक गिरफ्तारी, धरपकडप्रति युवा कम्यूनिष्ट लिगको गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

युवा कम्युनिष्ट लिगले भनेको छ- यो समय कुटनीतिक पहल गरेर देशको भूमि फिर्ता ल्याउने समय भएकोले हल्काफुल्का टिका टिप्पणी गरेर चुनावी माहोल तताउने समय नभएको जनाएको छ । पक्राउ परेका आफ्नो कार्यकर्ता स-सम्मानजनक रिहाईको माग गर्दै युवा कम्युनिष्ट लिगले देशव्यापी प्रतिरोध संघर्षबाट निम्तिने सबै परिणामको भागीदार यही सरकार हुनुपर्ने भन्दै कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...