स्व. कञ्चना सुनुवारको ९औं स्मृतिसभा सम्पन्न
वि.सं.२०८० फागुन १० बिहीवार १८:२१
2.1K
shares
काठमाडौं: स्वर्गीय कञ्चना सुनुवारको ९औं स्मृतिसभा सम्पन्न भएको छ । स्मृतिसभा सुनुवार सेवा समाज संघीय समितिको भवन कोटेश्वरमा आयोजना गरिएको हो । स्मृतिसभामा स्व. कञ्चना सुनुवार स्मृति कोषले एकजना अस्पतालमा उपचाररत बिरामी र एकजना कक्षा ११ मा अध्ययनरत अनाथ बिद्यार्थीलाई नगद रु. ५५,००० (पच्पन्न हजार रुपैयाँ) आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको छ ।
कोँइच सुनुवार समुदायका बिभिन्न असहाय, अशक्त बिरामी परेका ब्यक्तिलाई कोषले प्रत्येक बर्ष प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्दै आईरहेको छ । बि.स. २०५१ साल फागुन १० गते दोलखा जिल्ला तामाकोशी गाँउपालिका-७ हाँबामा जन्मिएका सुनुवार बि.स. २०७१ मंसिर २८ गतेका दिन निधन भएको थियो । दिवङ्गत स्व. कञ्चना सुनुवारको नाममा उनका पारिवारिक सदस्यहरुले सुनुवार सेवा समाज संघीय समिति मताहत रहने गरि संयुक्त रुपमा उक्त कोषको स्थापना गरिएको थियो ।

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनुवार सेवा समाजका संस्थापक सदस्य तथा बर्तमान संघीय समितिका सल्लाहकार प्रेम बहादुर सुनुवार, कोषका संस्थापक सदस्य रुद्र सुनुवार लगायत स्व. कञ्चना सुनुवारका परिवारजन, आफन्त, सुनुवार सेवा समाज संघीय समिति, बिभिन्न जिल्ला समिति नगर समितिहरुका पदाधिकारीहरु सहित बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।
स्मृतिसभामा स्व. कञ्चना सुनुवारको तस्बिरमा माल्यर्पण गर्दै फुल अक्षता चढाउनुका साथै कोँइच सुनुवारहरुको परम्परागत बिधिबाट उनको आत्माको चीर शान्तिको कामना गर्दै पिदार समेत गरिएको थियो ।

वि.सं.२०८० फागुन १० बिहीवार १८:२१



















