YouTube Link

स्व. कञ्चना सुनुवारको ९औं स्मृतिसभा सम्पन्न

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: स्वर्गीय कञ्चना सुनुवारको ९औं स्मृतिसभा सम्पन्न भएको छ । स्मृतिसभा सुनुवार सेवा समाज संघीय समितिको भवन कोटेश्वरमा आयोजना गरिएको हो । स्मृतिसभामा स्व. कञ्चना सुनुवार स्मृति कोषले एकजना अस्पतालमा उपचाररत बिरामी र एकजना कक्षा ११ मा अध्ययनरत अनाथ बिद्यार्थीलाई नगद रु. ५५,००० (पच्पन्न हजार रुपैयाँ) आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको छ ।

 

कोँइच सुनुवार समुदायका बिभिन्न असहाय, अशक्त बिरामी परेका ब्यक्तिलाई कोषले प्रत्येक बर्ष प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्दै आईरहेको छ । बि.स. २०५१ साल फागुन १० गते दोलखा जिल्ला तामाकोशी गाँउपालिका-७ हाँबामा जन्मिएका सुनुवार बि.स. २०७१ मंसिर २८ गतेका दिन निधन भएको थियो । दिवङ्गत स्व. कञ्चना सुनुवारको नाममा उनका पारिवारिक सदस्यहरुले सुनुवार सेवा समाज संघीय समिति मताहत रहने गरि संयुक्त रुपमा उक्त कोषको स्थापना गरिएको थियो ।

 

 

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनुवार सेवा समाजका संस्थापक सदस्य तथा बर्तमान संघीय समितिका सल्लाहकार प्रेम बहादुर सुनुवार, कोषका संस्थापक सदस्य रुद्र सुनुवार लगायत स्व. कञ्चना सुनुवारका परिवारजन, आफन्त, सुनुवार सेवा समाज संघीय समिति, बिभिन्न जिल्ला समिति नगर समितिहरुका पदाधिकारीहरु सहित बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

 

स्मृतिसभामा स्व. कञ्चना सुनुवारको तस्बिरमा माल्यर्पण गर्दै फुल अक्षता चढाउनुका साथै कोँइच सुनुवारहरुको परम्परागत बिधिबाट उनको आत्माको चीर शान्तिको कामना गर्दै पिदार समेत गरिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...