YouTube Link

शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो

Facebook Link

 

काठमाडौं: संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सहभागिता जनाउन थालेको ६५ वर्षपछि शान्ति सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको छ । केही दिन अघि यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको उल्लेख गरिएको छ ।

 

सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा नेपाली सैनिकहरु अन्य मुलुकका भन्दा बढी रहेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार नेपालबाट अहिले ६ हजार २४७ जना सैनिकहरु द्वन्दग्रस्त विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएका छन् । राष्ट्रसंघको आह्वानमा १२० भन्दा बढी मुलुकले शान्ति मिसनमा सुरक्षाकर्मी पठाउँदै आएका छन् ।

 

नेपालबाट पनि नेपाली सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि शान्ति स्थापनाका लागि खटिएका छन् । नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाइमा फौज पठाएको थियो । त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो ।

 

यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार नेपालपछि बंगलादेश ६ हजार १९७ शान्ति सैनिक खटाउँदै दोस्रो नम्बरमा परेको छ । भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ । यस्तै, चौथोमा रुवान्डा, पाँचौंमा पाकिस्तान, छैटौंमा इन्डोनेसिया, सातौंमा घाना, आठौंमा इजिप्ट नवौमा नम्बरमा मोरक्को रहेका छन् । नेपाली सेनाका अनुसार हालसम्म ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक खटाइसकेको छ ।

 

सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोलीसमेत पठाएको छ। नेपालले सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकहरूमा शान्ति स्थापनाका सैनिक खटाएका छ । नेपालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई शान्ति मिसनमा पठाएको छ । विभिन्न मिसनमा नेपाली सेनाका मात्रै ५ हजार ८८५ जना परिचालित छन् । यीमध्ये ६०८ जना महिला सुरक्षाकर्मी छन् । १२ मिसनमा नेपाली सैनिक कार्यरत छन् ।

 

नेपाली सेनाका अनुसार हालसम्म राष्ट्रसंघीय छातामुनि ४४ शान्ति स्थापक मिसनमा एक लाख ४९ हजार ८९० सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले काम गरेका छन् । मिसनहरूमा कर्तव्य पूरा गर्ने सिलसिलामा ७३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने ६८ घाइते भएका छन् ।

 

मंगलबार विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका थिए । नेपाली सेनाले आयोजना गरेका ‘चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सचेत हुनुपर्ने बताउदै नपाली शान्ति स्थापनामा नेपाली सेनाको प्रशंसा गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...