YouTube Link

नागरिकता कीर्ते र सहकारी ठगलाई कारबाही गर्न नयाँ दलले रोक्यो?

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।

 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा लामिछानेले सत्तारूढ गठबन्धनले सबै काम थाहा पाएर पनि काम गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । ‘हामीले यहाँ सत्तारुढ सांसदहरूका कुरा सुन्यौँ । सरकारका मान्छेलाई सबै कुरा थाहा रहेछ त । सबै थाहा भएर पनि काम नगरेको चाहिँ किन ?’, उनले भने, ‘इतिवृत्तान्त थाहा भएर पनि किन काम नगरेको ? हामी नयाँ दलले रोकेको हो त ? त्यस्तो हो भने त्यो पनि बाटो फुकाउँला ।’

 

उनले सरकारी जग्गा किर्ते गर्ने मान्छे सत्तारुढ दलकै हुँदा पनि कारबाही नगरेको भन्दै व्यंग्य गरे । ‘सरकारी जग्गा किर्ते गर्ने मान्छे आफ्नै वरिपरी पो छन् कि एक पटक हेर्नुहोला’, उनले भने, ‘सहकारीमा ठगी गर्नेलाई कारबाही के ले रोकेको छ ? नागरिकता किर्ते गर्नेलाई कारबाही रोक्न कसले रोकेको छ ?’ लामिछानेले एकै कार्यकाल चुनाव हारेका मान्छेलाई त्यही कार्यकालमा राष्ट्रियसभामा लैजाने काम गरेर गठबन्धनले गलत कामलाई प्रश्रय दिएको बताएका छन् ।

 

लामिछानेले केही मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको प्रकरणमा अधिकारप्राप्त निकायले बयानका लागि बोलाउँदा किन नगएको भन्दै कटाक्ष गरे । ‘गाडी नपाएर नगएको भए हामी गाडी उपलब्ध गराइदिउँला’, उनले भने, ‘होइन भने बयानमा बोलाउँदा जान के ले रोकेको हो ?’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...