YouTube Link

कांग्रेस सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले आज पर्वत सदरमुकाम कुश्मा बजारस्थित लोकतान्त्रिक चोकमा सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

आज बिहान ११ बजेदेखि हुने कार्यक्रममा सम्बोधन गर्नका लागि केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, केन्द्रीय सदस्य उर्मिला थपलिया आइतबार साँझ नै कुश्मा पुगिसकेका छन् । सभापति देउवा भने आज बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा पुगेपछि त्यहाँबाट कुश्मासम्म सडक मार्गबाट जाने कार्यक्रम छ । कार्यक्रममा सम्बोधन गर्न कै लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि पोखराबाट कुश्मा जाने छन् ।

 

सम्मेलनको उद्घाटन सत्रमा सभापति देउवा सहित कोइराला, भण्डारी, पाण्डे, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र अर्की केन्द्रीय सदस्य अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन् ।

 

बन्द सत्रमा जिल्ला सभापति युवराज जोशीले राजनीतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गर्ने छन् । यस बाहेक वार्षिक समीक्षा र वार्षिक कार्ययोजना उपर छलफल गरी पार्टीको अवस्थालाई थप चलायमान बनाउने गरी सम्मेलनले योजना तय गर्ने छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...