आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वि.सं.२०८० कात्तिक १२ आइतवार ०७:१५
1.3K
shares
काठमाडौं: सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजकै बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्रमन्त्री एनपी साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

वि.सं.२०८० कात्तिक १२ आइतवार ०७:१५



















