Rajshow Bivag

पार्टीको नाम फेर्दै नेकपा माओवादी केन्द्र

Departmant of helth services

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने निर्णय गरेको छ । विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो ।

 

माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ ।

 

पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ । माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चुनाव चिन्ह एमालेको सूर्य राखेका थिए । पछिल्लो समयमा गत भदौ २५ गते बसेको माओवादी केन्द्रका पदाधिकारीको बैठकले नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्र नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिने निर्णय गरेको छ ।

 

तत्कालका लागि  वर्तमान सत्ता गठबन्धन जोगाउन र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका राखेर चार दलले मोर्चाले सन्देशसभा गर्दै आएका छन् । उनीहरुसँग समाजवादी मोर्चा गठन गरेर एक चरणको प्रदेशस्तरीय कार्यक्रमसमेत गरेका छन् ।

 

हाल समाजवादी मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति रहेको छ । समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठनको निर्णय गरेको छ भने केहि प्रदेशमा गठनसमेत भइसकेका छन् ।

 

यस अगाडि पनि पार्टीको नाम र चुनाव चिह्न फेर्न माओवादी केन्द्रका मातहतका कमिटीसँग सुझाव माग गरेको थियो । माओवादी केन्द्रको यस अगाडि कै बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...