YouTube Link

अहिलेको आन्दोलनबाट पहिचान आए ठीकै छ, नत्र २०८४ मा टन्नै मत हाल्दिनुस् त्यहीँ पहिचान पारित हुन्छ: प्रधानमन्त्री दाहाल

Facebook Link

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा देशमा पहिचान स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई  सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

‘२०७० मा मैले नेतृत्व गरेको पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको पहिचानको नारासहित चुनाव लड्यो’, उनले भने, ‘त्यसपछि मैले शेर्पा प्रदेश र किरात प्रदेशको नाम घोषणा पनि गरेको थिएँ । तर सदनमा पहिचानको पक्षमा शक्ति प्राप्त नहुँदा त्यसलाई लागु गर्न सकिएन ।’

उनले अहिलेको आन्दोलनबाट पहिचान आउन मुस्किल रहेको बताए । ‘अहिलेको आन्दोलनबाट पहिचान आयो भने ठीकै छ’, उनले भने ‘नत्र २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ पहिचान पारित हुन्छ ।’

उनले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले संवेदनशील अवस्था बनाएको बताउँदै त्यसबारे सरकार गम्भी रहेको उल्लेख गरे । पाण्डेको अभिव्यक्तिपछि पैदान भएको असहज परिस्थितिबारे मंगलबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँग गम्भीर छलफल गरेको उनले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...