YouTube Link

कांग्रेस केन्द्रीय समिति बैठकको पाँचौँ दिन आज पनि जारी, एजेन्डा भन्दा भजनमा बढी केन्द्रित बैठक भोलि सकिने

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको पाँचौँ दिनमा जारी छ । गत मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा बसिरहेको बैठक शनिबार एक दिनको विश्रामपछि पुनः बसिरहेको हो ।

 

बैठकमा अझै अढाई दर्जन केन्द्रीय सदस्यहरुले सम्बोधन गर्न बाँकी छ । आज सबैले बोलिसक्ने जनाइएको छ । बैठकमा सबै सदस्यहरुले बोलेपछि निर्णयहरु पारित गरिने छ ।

 

बैठकमा १० वटा एजेन्डा रहेका छन् । तर बोल्ने सदस्यहरुले एडेन्डामा बोल्नुभन्दा सभापति र महामन्त्रीका विषयमा मात्रै बोलेका छन् । केही औँलामा गन्न मिल्ने सदस्यहरुले मात्र पार्टी हित र संगठनका बारेमा बोलेका छन् ।

 

पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको कांग्रेस बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई भगवानकै रुपमा प्रस्तुत गरेका छन् । जसले देउवाको विकल्प छैन भनिरहेका छन् उनीहरुले महामन्त्री गगनकुमार थापालाई गाली गरिरहेका छन् ।

 

गगनले संसदीय दलको नेतामा देउवासँग चुनाव लड्नु र देउवा संसदमा सक्रिय नभएका अवस्थामा गगनले देउवालाई जिम्मेवार बन्न आग्रह गरिरहँदा देउवा निकटका केन्द्रीय सदस्यहरुले आलोचना गरेका छन् । त्यही झ्वाँकमा पार्टीलाई उर्जावान बनाउने र केन्द्रीय सदस्यहरु ११ महिना पार्टी कामलाई खटिएर जनताको बीचमा रहनु पर्ने योजना ल्याउँदासमेत आलोचना गरिरहेका छन् ।

 

विभिन्न एनजीओ र आईएनजीओकी अनुभवी देउवा पत्नी आरजू देउवा राणाले त महामन्त्रीको एक वर्षे कार्यक्रमको प्रतिवेदनलाई ‘एनजीओको विसलिष्ट’ जस्तो भएको आरोप लगाएकी छिन् । यसपालिको बैठक पार्टीको संगठनलाई मजबुद बनाउने भन्दा पनि कसरी एक अर्कामा हिलो छ्याप्ने भन्नेमै केन्द्रित देखिएको छ ।

 

यो प्रत्यक्ष प्रशारण गर्दा रणनीतिमा भन्दा आफ्नै नेतालाई गाली वा देवत्वकरणमा जोड दिइएको छ । लोकतान्त्रिक पद्धतिमा गाली र ताली सामान्य हो । अझ पार्टीलाई सशक्त बनाउन त नराम्रा पक्षको आलोचना गरी निखारिएर जानुपर्ने हुन्छ । केन्द्रीय सदस्यहरुले जिम्मेवार भएर आफ्नो भूमिका खोज्नुपर्ने हुन्छ ।

 

एजेन्डा भन्दा भजनमा बढी केन्द्रित भएकाले कांग्रेसको एक वर्षको क्यालेन्डर महामन्त्रीले ल्याएजस्तो चलायमान हुने किसिमको आउँछ कि एक वर्षसम्म बैठक नै नबसेर भएकै छ किन पार्टीका लागि ११ महिना काम गर्ने भनेर आरामदायी आउँछ भन्ने प्रतिक्षा नै रहेको छ ।

 

तर पार्टीमा कसैका पनि कुरा सुन्दैनन् भन्ने लागेको दाग हटाउन देउवाले प्रत्यक्ष प्रशारण गरेर उदार देखिएको बताए पनि यसले यसअघि गरेका एकलौटी निर्णयको गैरलोकतान्त्रिक पद्धति भने चोखो नहुने विश्लेषण भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...