Rajshow Bivag

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने

Departmant of helth services

 

काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते बस्दैछ । बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि साउन २ गते बस्ने गरी सरेको हो ।

 

साउन २ गते बस्ने बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन केन्द्रीय समिति बैठक बोलाइएको थियो । शीर्ष नेतृत्वलाई दबाब दिएर आह्वान गरिएको बैठक सभापति शेरबहादुर देउवाका लागि चुनौती बन्ने देखिएको छ ।

 

विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाउने तयारी गरेका छन् । साथै उनीहरुले भातृसंगठनको पूर्णतालगायतका विषयमा पनि बैठकमा चर्को आवाज उठाउने बताएका छन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका खाँणलाई पार्टीको जिम्मेवारीबाट नहटाइएको भन्दै कांग्रेसभित्र निकै आलोचना भइरहेको छ । यसले सिंगो पार्टीलाई समेत असर गरेको महामन्त्रीद्वयको बुझाइ छ ।

 

भ्रष्टाचारविरुद्ध सशक्त रुपमा अघि बढ्ने प्रण लिएको कांग्रेसले सोही आरोप लागेका व्यक्तिलाई संरक्षण गरिरहेको भन्दै आलोचना खेप्नुपरेको छ । प्रचार विभाग बाहेक कांग्रेसका अन्य भातृसंगठनले अझै पनि पूर्णता पाएका छैनन् । यो बैठकबाट भातृ संगठनले पूर्णता पाउने बताइएको छ ।

 

विशेष गरी संस्थापन इतर पक्ष सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रुपमा लागेको छ । संस्थापन इतर समूहले सभापतिमाथि निरन्तर दबाब बढाइरहेको छ ।

 

महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापन इतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ । जिम्मेवारी र भूमिकाको हिसाबले पार्टी सभापतिपछि दोस्रो पदमा रहेका महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।

 

कांग्रेसभित्रको विवाद कतिसम्म बढेको छ भने सभापतिको सहमति विना महामन्त्रीद्वय थापा र शर्माले जिल्ला सभापतिहरूको भेला नै बोलाए । दुई दिनसम्म चलेको भेलाले शुक्रबार १४ बुँदे प्रतिबद्धता जारी गर्दै समापन भयो । सो भेलामा सभापति देउवा र उनी निकट नेताहरु उपस्थित भएका थिएनन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...