YouTube Link

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने

Facebook Link

 

काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते बस्दैछ । बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि साउन २ गते बस्ने गरी सरेको हो ।

 

साउन २ गते बस्ने बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन केन्द्रीय समिति बैठक बोलाइएको थियो । शीर्ष नेतृत्वलाई दबाब दिएर आह्वान गरिएको बैठक सभापति शेरबहादुर देउवाका लागि चुनौती बन्ने देखिएको छ ।

 

विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाउने तयारी गरेका छन् । साथै उनीहरुले भातृसंगठनको पूर्णतालगायतका विषयमा पनि बैठकमा चर्को आवाज उठाउने बताएका छन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका खाँणलाई पार्टीको जिम्मेवारीबाट नहटाइएको भन्दै कांग्रेसभित्र निकै आलोचना भइरहेको छ । यसले सिंगो पार्टीलाई समेत असर गरेको महामन्त्रीद्वयको बुझाइ छ ।

 

भ्रष्टाचारविरुद्ध सशक्त रुपमा अघि बढ्ने प्रण लिएको कांग्रेसले सोही आरोप लागेका व्यक्तिलाई संरक्षण गरिरहेको भन्दै आलोचना खेप्नुपरेको छ । प्रचार विभाग बाहेक कांग्रेसका अन्य भातृसंगठनले अझै पनि पूर्णता पाएका छैनन् । यो बैठकबाट भातृ संगठनले पूर्णता पाउने बताइएको छ ।

 

विशेष गरी संस्थापन इतर पक्ष सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रुपमा लागेको छ । संस्थापन इतर समूहले सभापतिमाथि निरन्तर दबाब बढाइरहेको छ ।

 

महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापन इतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ । जिम्मेवारी र भूमिकाको हिसाबले पार्टी सभापतिपछि दोस्रो पदमा रहेका महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।

 

कांग्रेसभित्रको विवाद कतिसम्म बढेको छ भने सभापतिको सहमति विना महामन्त्रीद्वय थापा र शर्माले जिल्ला सभापतिहरूको भेला नै बोलाए । दुई दिनसम्म चलेको भेलाले शुक्रबार १४ बुँदे प्रतिबद्धता जारी गर्दै समापन भयो । सो भेलामा सभापति देउवा र उनी निकट नेताहरु उपस्थित भएका थिएनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...