Rajshow Bivag

‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित गरेको छ । हिजो र आज बसेको जिल्ला सभापतिहरूको बैठकले ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ प्रतिबद्धता  गरेको हो ।

 

बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिको भेलाले १२-१४ बुँदे प्रतिबद्धता गरेका जानकारी दिए । उनले भने, ‘महामन्त्रीहरूले बैठक नबोलाउँदा किन नगर्ने भनियो, अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउँदा किन बोलाएको भनिँदै रहेछ ।’

 

महामन्त्री शर्माले जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिईकन गरियो भन्ने कुरा बेकारको भएको बताए । उनले सभापतिलाई जानकारी दिएर भेलाको आयोजना गरिएको प्रष्ट पारे ।

 

‘सभापतिसित कतिपय विषयमा फरक मत हुँदै गर्दा विगतको प्रचलन भनेको होटलमा भेला गर्ने, सभापतिविरुद्ध एक प्रकारको धारणाहरु सार्वजनिक गर्ने हुने गरेको थियो’, महामन्त्री शर्माले भने,’अहिले सभापतिहरूको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ र पार्टीको क्रियाशील सदस्यहरुलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरु गरेर जाने भन्ने विषयमा कुरा भएको छ । यसमा कसैले पनि आशंका नगरौँ ।’

 

महामन्त्री शर्माका अनुसार भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ । ‘जिल्ला सभापतिहरूले पनि कुन कुन काम कसरी कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिबद्धता ल्याउँदै हुनुहुन्छ । पार्टीलाई चलायमान बनाउने गरी छलफल भएको छ’, उनले भने ।

 

महामन्त्री शर्माले सम्मेलनमा राष्ट्रिय राजनीति, जिल्लाको विषयमा छलफल भएको र जिल्ला सभापतिहरूले आफ्ना गुनासा सुनाएको बताए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...