YouTube Link

यात्रु ठग्दै त्रिभुवन विमानस्थलका कर्मचारी, कसले गर्ला कारवाही ?

Facebook Link

 

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका कर्मचारीहरुले यात्रुहरुबाट लगेजको तौल मनोमानी ढंगले बढाएर ठगी गर्ने गरेको पाइएको छ ।

 

नेपालबाट विदेशका विभिन्न मुलुकमा जाने यात्रुहरुलाई उनीहरुको लगेजको तौल साविक भन्दा बढी देखाएर चर्को शुल्क असुल्दै सास्ती दिने गरिएको एक घटना बाहिरिएको छ ।

 

आफैंले तौलेर लगेको सही तौलको सामान लैजान समेत एक केजीको ४ हजारसम्म लिने गरेको पाइएको छ । घरमा नै तौल लिएर लगेका एक यात्रुको लगेजमा २ केजी बढी सामान देखाएपछि यो बिषय बाहिर आएको हो ।

 

यो घटना सोमबार बेलुकाको कोरियन एयारलाईन्सको हो । कोरियन एयरको उडान नं. केई ६९६ बाट कोरिया भइ बिभिन्न गन्तब्यमा जाने यात्रुहरुलाई कोरियन एयरका कर्मचारी र नेपाल बायुसेवा निगमका कर्मचारीहरुले यात्रुहरुलाई ठगी गरेका हुन् ।

 

बिदेशी र स्वदेशी पर्यटक तथा यात्रुहरुको आगमन र प्रस्थान गर्ने ढोकाको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भए बिदेसिने, उच्च शिक्षा अध्ययन गर्न जाने र  बैदेशिक भ्रमण गर्ने तथा बिदेशमा नै बसोबास गर्ने हजारौ नेपालीहरु बिमानस्थलमा ठगिने गरेका छन् ।

 

कोरियन, कतार, नेपाल वायुसेवा निगम, हिमालय, टर्कीलगायतका अन्य बायुसेवा कम्पनिहरुमा समेतबाट यात्रा गर्दा समेत यात्रुहरु ठगिने गरेका छन् । यसरी तौलमा नै कम गरी यत्रुहरु ठगिएको बिषयमा बिमानस्थल प्रशासन बिमानस्थलस्थित सुरक्षा निकाय र एयरलाईन्सका कर्मचारीहरु सबै जानकार छन् ।

 

यस्तो गम्भीर बिषय थाहा हुँदा हुँदै पनि बिमानस्थलका सुरक्षा निकाय, कर्मचारी लोडरको मिलेमतोमा ठगिएको तौलमा पैसा असुल गर्ने गरेका छन् । यात्रुहरुले लगेको प्रविधिको प्रयोग गरी सही तौलको समेत कम देखाइ पैसा असुल गर्न पल्केका यस्ता कर्मचारीहरुलाई कसले कारवाही गर्ला ?

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...