राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वि.सं.२०८० वैशाख १४ बिहीवार ०८:१९
1.3K
shares
काठमाडौं: राष्ट्रिय सभा बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ ।
आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । जसअनुसार आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यको नाम हेरफेर गर्नेछन् ।
यस्तै आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।
वि.सं.२०८० वैशाख १४ बिहीवार ०८:१९




















