Rajshow Bivag

प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै

Departmant of helth services

 

काठमाडौं: पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मत लिँदैछन् ।

 

एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

 

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

 

प्रतिनिधिसभामा २७५ सांसद रहेकोमा बहुमतका लागि १३८ सांसद चाहिन्छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई मत दिने वा नदिने भन्ने विषयमा भने यकिन छैन । प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन् ।

 

दोस्रो दल बनेको एमालेले तेस्रो दलका नेता दाहाललाई प्रधानमन्त्री बनाएको छ । दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन् । त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन् ।

 

सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन् । पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन् । राप्रपाका १४ सांसद छन् । जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १-१ सांसद छन् ।

 

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

विवादमा एसपी बढुवा सिफारिस

विवादमा एसपी बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार ०९:४३

  काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी...

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५०

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

वि.सं.२०८० चैत १५ बिहीवार ०९:२६

  काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत...