Rajshow Bivag

कांग्रेसबाट नवनिर्वाचित सांसदहरु बालुवाटारमा भेला हुँदै

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्न नवनिर्वाचित सांसदहरुलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन् । तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन ।

 

सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन् । तर कसको नेतृत्व भने टुंग्याएका छैनन् ।

 

बालुवाटारको भेलामा सत्ता समीकरण र नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक उच्च नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला हुन लागेको हो ।

 

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ । सहमति नजुटे ‘साथ छोड्ने’र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’पनि एकले अर्कोलाई दिइरहेका छन् । प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको छ ।

 

देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ फर्काएका थिए ।

 

चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ । यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ ।

 

पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने ‘कार्ड’ कांग्रेसले खेलिरहेको छ । तर प्रचण्ड भने कुनै हालतमा पनि आफू पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नैपर्ने अडान राखिरहेका छन् । कांग्रेसले माओवादीलाई सभामुख, उपराष्ट्रपति तथा केही मुख्यमन्त्रीको प्रस्ताव गरेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...