केपी ओली अहिले बौलाएर हिँडेका छन्: माधवकुमार नेपाल
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०९:५३
3.4K
shares
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् ।
आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको हो की के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन । त्यो सबै संग्रह निकाल्न पर्यो के-के बोल्यो सुरुदेखि अहिलेसम्म के-के गाली गलौजको भाषाहरु बोलेको छ । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०९:५३



















