YouTube Link

पूर्व मन्त्री हेमराज राई र अशोक राई एमालेमा प्रवेश गर्ने…

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच पार्टी विभाजन भए लगत्तै जसपाका नेता पूर्व मन्त्री हेमराज राईले पार्टी परित्याग गरेका छन् ।

 

जसपा केन्द्रीय कार्यकारिणी सदस्य रहेका पुर्वमन्त्री राईले साउन ९ गते संघीय परिषद् अध्यक्ष अशोक राईलाई राजीनामा पत्र बुझाईसकेको जानकारी प्राप्त भएको छ ।

 

जसपा संघीय अध्यक्ष अशोक राईले पनि जसपा छाड्ने खबरहरु बजारमा आईरहेका बेला अशोक राईका दाहिने मानिने हेमराज राईले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

जसपाका संघीय अध्यक्ष सहित बामपन्थी रुझानका नेताहरु एमालेमा प्रवेश चर्चा चलिरहँदा राई बाहिरिएका छन् ।

 

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच द्वन्द हुँदा अशोक राईहरु बाबुरामतिर थिए । उनीहरुकै सल्लाहमा सके पार्टी कब्जा गर्ने नभए अर्को पार्टी खोल्ने योजना भैरहँदा अशोकहरुले बाबुलाई धोका दिएको बताइन्छ ।

 

पार्टीको अन्तिम लडाईमा अशोकहरु उपेन्द्रतिर लहस्सिएका थिए । अशोकहरु पुरानै पार्टीतिर फर्कने चर्चा भने अझै सेलाएको छैन ।

 

जसपा छाड्नुको कारण बारे राईले नीति, विचार र संगठन सञ्चालनमा कुरा नमिलेपछि पार्टी छोडेको बताईरहँदा जसपाका अन्य नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको उनको भनाइ छ ।

 

उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए ।

 

नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । राई फेरि एमाले प्रवेशको तयारीमा रहेका छन् । यद्यपि, यो विषयमा ठोस निर्णय भइनसकेको उनी बताउँछन् ।

 

२०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनाव लडेका थिए ।

 

हेमराज राई गठबन्धनबाट उम्मेदवारी दिएका १९ मध्ये १८ उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपनि गठबन्धनबाट पराजित एक मात्र उम्मेदवार हुन् ।

 

प्रदेश १ बाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहबाट उम्मेदवारी दिएका राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका थिए । गठबन्धनले घात गरेको र पार्टी भित्रैबाट असहयोग भएको भन्दै त्यसबेलादेखि राई असन्तुष्ट रहँदै आएका थिए ।

 

अशोक राईसँ एमाले छाडेर संघीय समाजबादीतिर लागेका हेमराज राई एमालेमै फर्कने तयारीमा रहेको बुझिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...