YouTube Link

पूर्व मन्त्री हेमराज राई र अशोक राई एमालेमा प्रवेश गर्ने…

Facebook Link

 

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच पार्टी विभाजन भए लगत्तै जसपाका नेता पूर्व मन्त्री हेमराज राईले पार्टी परित्याग गरेका छन् ।

 

जसपा केन्द्रीय कार्यकारिणी सदस्य रहेका पुर्वमन्त्री राईले साउन ९ गते संघीय परिषद् अध्यक्ष अशोक राईलाई राजीनामा पत्र बुझाईसकेको जानकारी प्राप्त भएको छ ।

 

जसपा संघीय अध्यक्ष अशोक राईले पनि जसपा छाड्ने खबरहरु बजारमा आईरहेका बेला अशोक राईका दाहिने मानिने हेमराज राईले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

जसपाका संघीय अध्यक्ष सहित बामपन्थी रुझानका नेताहरु एमालेमा प्रवेश चर्चा चलिरहँदा राई बाहिरिएका छन् ।

 

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच द्वन्द हुँदा अशोक राईहरु बाबुरामतिर थिए । उनीहरुकै सल्लाहमा सके पार्टी कब्जा गर्ने नभए अर्को पार्टी खोल्ने योजना भैरहँदा अशोकहरुले बाबुलाई धोका दिएको बताइन्छ ।

 

पार्टीको अन्तिम लडाईमा अशोकहरु उपेन्द्रतिर लहस्सिएका थिए । अशोकहरु पुरानै पार्टीतिर फर्कने चर्चा भने अझै सेलाएको छैन ।

 

जसपा छाड्नुको कारण बारे राईले नीति, विचार र संगठन सञ्चालनमा कुरा नमिलेपछि पार्टी छोडेको बताईरहँदा जसपाका अन्य नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको उनको भनाइ छ ।

 

उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए ।

 

नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । राई फेरि एमाले प्रवेशको तयारीमा रहेका छन् । यद्यपि, यो विषयमा ठोस निर्णय भइनसकेको उनी बताउँछन् ।

 

२०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनाव लडेका थिए ।

 

हेमराज राई गठबन्धनबाट उम्मेदवारी दिएका १९ मध्ये १८ उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपनि गठबन्धनबाट पराजित एक मात्र उम्मेदवार हुन् ।

 

प्रदेश १ बाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहबाट उम्मेदवारी दिएका राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका थिए । गठबन्धनले घात गरेको र पार्टी भित्रैबाट असहयोग भएको भन्दै त्यसबेलादेखि राई असन्तुष्ट रहँदै आएका थिए ।

 

अशोक राईसँ एमाले छाडेर संघीय समाजबादीतिर लागेका हेमराज राई एमालेमै फर्कने तयारीमा रहेको बुझिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...