YouTube Link

नेकपा एसमा पार्टी अध्यक्षभन्दा मन्त्री ‘पावरफूल’

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

 

काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्रीपरिवर्तनको विषय झन पेचिलो बन्दै गईरहेको छ । अहिले बजारमा पार्टी अध्यक्षभन्दा मन्त्री ‘पावरफूल’ भन्ने हल्ला ब्यापक भईरहेको छ ।

पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णय भएपश्चात मन्त्रीमा रहेकाहरुले विभिन्न शक्तिकेन्द्र धाउनेदेखि पार्टी अध्यक्षलाई नै धम्क्याउने काम समेत गरेका छन् ।

मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवाकोमा बुझाएपनि  नयाँ मन्त्रीलाई सपथग्रहण गराउने वातारण देउवाले गरेका छैनन् । पार्टीको सचिवालय बैठकबाट निर्णय भएको मन्त्रीपरिवर्तनको विषयमा अहिले पनि पटक पटक बैठक बस्दा छलफल हुने गरेको छ । तर, पनि मन्त्रीमण्डल पुर्नगठनका लागि प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् ।

अहिले यसै विषयलाई लिएर समाजवादी पार्टीका कार्यकर्तापंतीमा नैराश्यता छाउन थालेको छ । उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल मन्त्रीहरुको अगाडी निरिह भएको भन्दै नेतृत्वले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको गुनासो गर्न थालेका छन् ।

बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न पुगेका मन्त्रीहरुले आफूहरुको लागि पार्टी अध्यक्ष मरितुल्य भएको भन्दै फर्किएको समाचार बाहिरिएको थियो । कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै शहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।

 

‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...