श्रमजिवी पत्रकारहरुको हकहितमा समर्पित हुनेछु: अध्यक्ष खड्का
वि.सं.२०७८ चैत २२ मंगलवार १७:०३
2.5K
shares
काठमाडौं: न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष संगीता खड्काले श्रमजीवि पत्रकारहरुको हकहितका लागि आफू सधै लागिरहेने बताएकी छिन् ।
कार्यालयमा अध्यक्ष पदको पदबहाली गर्दै उलेले सो कुरा बताएकी हुन । लामो समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील खड्कालाई मन्त्रीपरिषदको बैठकले चैत्र १७ गते समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष नियुक्त भएपछि पदबहाली गर्दै खड्काले आफू लामो समयदेखि पत्रकारिता क्षेत्रमै रहेर काम गर्दै आएकाले श्रमजीवी पत्रकारहरुको समस्यालाई नजिकबाट नियालेको र ती समस्या समाधानका लागि आफू कटिबद्ध रहेको बताईन ।
उनले संचारजगतमा देखिएको विभिन्न खालको समस्याहरुलाई निराकरण गर्नका लागि यस समति लागिपर्ने पनि बताईन ।
अध्यक्षमा नियुक्त खड्काले यसअघि नेपाल पत्रकार महासंघको सचिव तथा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भएर काम गरिसकेकी छिन् ।
वि.सं.२०७८ चैत २२ मंगलवार १७:०३




















