प्रतिनिधिसभाको बैठक आइतबार बस्नेगरी स्थगित
वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:५९
1.5K
shares
काठमाडौँ : प्रतिनिधिसभाको बैठक आइतबार बस्नेगरी स्थगित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७\७८ पेश गरेका थिए।
त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका छन् ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:५९




















