YouTube Link

ओलीमाथि कोरोना संक्रमण फैलाएको आरोप सहित कारबाहीको माग

Facebook Link

 

भक्तपुर: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

 

आफू कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर ओलीले संक्रामक रोग ऐन २०२०  विपरित कार्य गरेको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले प्रशासनमा निवेदन दिएका हुन् ।

 

‘आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ निवेदनमा उल्लेख गरिएको छ ।

 

निवेदनमा ओलीले कार्यक्रममा सहभागी भइ भाषण गरेको र सो को विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको भन्दै प्रमाणको रुपमा ती समाचार सामग्री र तस्बीर समेत पेस गरिएको छ ।

 

निवेदनमा भनिएको छ,‘ओलीको उक्त उपस्थिती र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथ-साथै आम जनमानसमा कोरोना कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरु कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ ।’

 

ओलीलाई माघ ९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमित ओली गत माघ १२ गते बालकोट चोकमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर संवोधन समेत गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...