नेपाली कामदारमाथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो भाइरल
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:५४
1.6K
shares
काठमाडौं: मलेसियामा नेपाली कामदारमाथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।
उक्त घटना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कुटाइ खाने नेपाली र घटनाको आधिकारिक कारण भनेको खुलेको छैन ।
भिडियो अनुसार नेपाली कामदारले मदिरा सेवन गरेको भनेर कुटपिट गर्ने व्यक्तिले मलेशियान भाषामा बताए पनि कुटाइ खाने नेपाली भने भिडियो मदिरा सेवन गरेको र नराम्रो गतिविधि गरेको वा अपशब्द बोलेको देखिँदैन ।
गल्ती सम्बन्धित कामदार कै भएपनि भिडियोमा कामदारको गल्ती स्पष्ट देखिँदैन । विश्वका जुनसुकै देशमा पनि गल्ती अनुसारको सजाय पाउने र भोग्नुपर्ने कानुनी व्यवस्था हुन्छ ।
तर यसरी एउटा श्रमिक माथि हातपात गर्ने अधिकार मलेसियन नागरिकलाई नभएको भन्दै विरोध भएको छ ।
https://www.facebook.com/100057598622133/videos/932728574018687/
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:५४



















