YouTube Link

देउवा सरकारले एक महिनासम्म मन्त्रीपरिषदलाई पूर्णता दिन नसक्नुको यस्तो छ भित्री रहस्य

मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो

Facebook Link

काठमाडौ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको एक महिना पुगेको छ ।

 

यो एक महिना बित्दा पनि अहिलेसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन सकेको छैन । सर्बोच्च अदालतले संसद पुर्नस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्ति गर्न परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

 

उनी आफू प्रधानमन्त्री हुँदा ४ र पछि एक जनालाई मन्त्री बनाएपनि अहिलेसम्म अरु मन्त्रीमण्डल गठन गर्न सकेका छैनन् । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने अझै पूर्णता पाउन सकेको छैन ।

 

अहिले मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो रहिरहेको छ । शुरुमा गठबन्धनमा सामेल दलहरुबीच नै किचलो भएको थियो ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी(जसपा) का दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरका कारण बिचमा समस्या उत्पन्न भएको थियो । यसमा जसपाको अहिले निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि यो समस्या हल भयो ।

 

तर एमालेका बरिष्ठ नेता नेपाल पक्षको टुङ्गो अझै लाग्न सकेको छैन । आजका मितिसम्म पनि नेपाल पक्ष सरकारमा सामेल हुने समाचार बाहिर आउनुका कारण पनि मन्त्रीमण्डल बिस्तारमा ढिलाई हुन पुगेको राजनीतिक विश्लेषकहरु बतउँछन् ।

 

यता प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहे पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अझै मन्त्री छनोट गर्न नसकेका  कारण पनि हालसम्म मन्त्रीमण्डल बिस्तार हुन नसकेको हो ।  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने सत्तागठबन्धले तयारी गरे पनि आ–आफ्नो दलभित्रको किचलोको कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

 

उता मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् । मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमतिमा पुग्न सकिरहेका छैनन् ।

 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पनि पार्टीबाट बसको नेतृत्वमा सरकारमा पठाउने भन्ने बारे अहिलेसम्म निर्णय गर्न सकिरहेका छैनन् । उता जसपामा पनि यही समस्या देखिएको छ  ।

 

मन्त्रीमण्डल बिस्तारलाई पूर्णता दिन नसक्नु कांग्रेसभित्रै पनि समस्या रहेको छ । देउपा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच भागबण्डा नमिल्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन ढिलाई भईरहेको छ । अहिले देउवा नेतृत्वको सरकारलाई कोरोना संक्रमितको दर बढिरहे पनि रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम अझै सार्वजनिक गर्न सकिरहेको नसकिरहेको बात लाग्ने गरेको छ ।

 

कोरोनाका कारण दिनदिनै मानिसहरु मरिरहेका छन् । यस्तो अवस्थामा प्रभावकारी कार्यक्रम ल्याउनु देउवा सरकारलाई चुनौतिको विषय भएको छ । एकातिर मन्त्रीमण्डललाई पूर्णता दिन नसक्नु र अर्कोतिर आफ्नै सरकारलाई पूर्णता दिन नसक्दा देउवा थप आलाचित समेत हुन पुगेका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...