YouTube Link

अदालतबाट छुटे लगत्तै विप्लवको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

Facebook Link

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकाल साधारण तारिखमा छुटे लगत्तै पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले साधारण तारिखमा छोड्ने आदेश दिए लगत्तै अदालत परिसरबाटै ढकाल पक्राउ परेका हुन् ।

केही दिन अघि अनामनगरबाट पक्राउ परेका ढकाललाई राजद्रोहको मुद्दामा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट पुगेको प्रहरी टोलीले अदालतको गेटबाटै पक्राउ गरेको हो । उनीसँगै रिहाइका लागि पुगेका ऋषि कट्टेलको पार्टीका विद्यार्थी संगठन अध्यक्ष प्रविन मिश्रसहित दुई विद्यार्थी नेतालाई पक्राउ परेका छन्। ढकाललाई अदालतले साधारण तारिखमा राख्न आदेश दिएको थियो । ढकालको मुद्दामा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले उनीसहित तीनजनालाई अदालतको गेटबाटै प्रहरीले समातेर लगेको जानकारी दिए ।

ढकालको विषयमा रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । उक्त रिट विचाराधिन अवस्थामा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...