YouTube Link

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त भएका छन् ।

पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो ।

माओवादी केन्द्रले दर्ता गराएको सूचना अनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन भएको थियो ।

त्यस क्रममा प्रचण्ड छाडेर गृहमन्त्री थापासहित माओवादीका २३ जना केन्द्रीय नेता ओली समूहमा सामेल भएका थिए ।

संसद् पुनःस्थापनाको फैसलापछि सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता अवैधानिक भएको ठहर गर्दै यसमा मिसिएका एमाले र माओवादी केन्द्रलाई मान्यता दिने फैसला गर्यो ।

त्यसपछि नेकपामा रहेका दुई पार्टीका नेताहरू आ-आफ्ना पार्टीमा फर्के पनि गृहमन्त्री थापासहित २३ नेता एमाले अर्थात् ओली समूहमै रहे ।

तसर्थ नेकपा माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरणपछि पार्टीको साधारण सदस्यबाटै बर्खास्त गरेको हो भने सांसद रहेकालाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफू निर्वाचित भएको पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधान अनुसार संघीय संसदलाई कारबाही अघि बढाउन सूचना गरेको हो ।

सोही बमोजिम संघीय संसदले उनीहरूको सांसद पद खारेज गरेको हो ।

बार्सिलोनालाई ३१औं पटक कोपा डेल रेको उपाधि

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...