Rajshow Bivag

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Departmant of helth services

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोप पत्र र त्यसमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रत्युतरबारे छलफल हुनुपर्ने विषय टुंगोमा नपुग्दासम्म स्थायी समिति बैठकको एजेन्डा तय भएको छैन ।

प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु आरोपपत्रबारे स्थायी समतिमा छलफल हुनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष ओली प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् ।

शीर्ष नेताहरुको आरोप प्रत्यारोप पत्र फिर्ता लिएर सहमतिको प्रयासका लागि दोस्रो तहका नेताहरु सक्रिय छन् । सुवास नेम्वाङ, घनश्याम भुसाल, योगेश भट्टराई, रामबहादुर थापा लगायतका नेताहरु शीर्ष नेतृत्वलाई सहमतिमा ल्याउने प्रयासमा छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

शनिबार खुमलटारमा भएको ओली-दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल-नेपालको भेटवार्तालाई खास महत्व नदिई हिँडेपछि उनी ओली गुटमा पुगेको आकलन गरिएको छ ।

तथापि गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ ।

गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकूलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ ।

गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ ।

र यो पनि पढ्नुहोस्ः

३३औँ सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी
सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...