YouTube Link

उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने

Facebook Link

 

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।

 

गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन् ।

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाले नवौंको उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रण पत्र दिएका छन् । उनले मंगलबार उपराष्ट्रपति पुनलाई भेटेर उद्घाटन सत्रको प्रमुख अतिथिको रुपमा आतिथ्यता ग्रहणका लागि अनुरोध गरेका हुन् ।

 

उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा आफु उपस्थित हुने र प्रतियोगिताको सफलताको शुभकामना उपाध्यक्ष कोईराला सहितको टोलीलाई दिएका थिए ।

 

यसअघि गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने तयारी थियो । सोही अनुसार प्रतियोगिताको प्रमुख आतिथ्यताका लागि राष्ट्रपति भण्डारीलाई निमन्त्रणा समेत गरिएको थियो ।

 

तर कोभिडको संक्रमणबाट राष्ट्रपति भण्डारी बिरामी परेपछि उद्घाटन सत्रको कार्यक्रमलाई लिएर अन्यौलता सिर्जना भएको थियो ।

 

प्रतियोगिताको उद्घाटन उपराष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीबाट गराउने राखेपको तयारी छ । प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...