YouTube Link

विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा डा. सन्दुक रुइत

Facebook Link

 

अपथ्याल्मलोजिष्ट म्यागजिनले प्रकाशित गरको विश्वका प्रभावशाली व्यक्तिको सूची-२०२२ मा १०० व्यक्तिको सूचीमा नेपालबाट आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत परेका छन् ।

 

को हुन् सन्दुक रुइत ?

सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने विश्वप्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी पद्यश्री अवार्डबाट पनि सम्मानित भएका छन् ।

 

डा. रुइतको जन्म ताप्लेजुङको तमोरखोलाको शिरमा रहेको ओलाङचुङगोलामा भएको थियो । उनी जन्मे हुर्किएको गाउँ पुग्नु अहिले पनि जिल्ला सदरमुकामदेखि चार दिन लाग्छ । बुबा व्यापारी । बुबा सोनामले, नेपाल तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्थे ।

 

डाक्टर बन्ने सपना बोकेर रुइत ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगेका थिए । सन् १९६२ मा चीन भारतबीच सीमा युद्ध भयो । त्यही युद्धसँगै दार्जलिङका स्कूल बन्द भए । उनलाई बुबाले काठमाडौं ल्याए र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिए ।

 

सन् १९७० मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे । त्यसपछि त्रिचन्द्रमा भर्ना भए । त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्तिमा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे ।

 

एमबिबिएस पास गरलगत्तै नेपाल आएर वीर अस्पतालमा, जनरल फिजिसियनका रूपमा तीन वर्ष काम गरे । फेरि, भारत गएर, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले ।

 

तीन वर्ष एम्समा पढेपछि १९८४ मा नेपाल फर्किएर डा. रुइतले त्रिपुरेश्वर आँखा अस्पतालमा काम गर्न थाले । त्रिपुरेश्वर आँखा अस्पतालमा आठवर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्नका लागि अस्ट्रेलिया गए ।

 

अस्ट्रेलिया अध्ययनका समयमा उनको क्षमता, कामप्रतिको लगनशीलता देखेर अमेरिका, युरोप, अस्ट्रेलियाबाट कामका लागि प्रस्ताव आयो तर, उनी आफ्नो देशमै सेवा गर्ने भित्रि इच्छा थियो, त्यहाँको अध्ययन सकेर उनी नेपाल नै फर्किए ।

 

आफ्नो देशमा गरिबले पनि उपचार गर्नसक्ने एउटा आँखा अस्पतालको सपना बुन्दै आएका थिए । उनले त्यो सपना र योजनालाई अस्ट्रेलियाका डा. हलोजले हात र साथ दिए ।

 

अस्पताल बनाउनका लागि अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण, हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डाक्टर रीता गुरुङलगायतले डाक्टर रुइतलाई बलियो साथ दिए ।

 

साथ पाएपछि १९९४ डाक्टर रुइतले तिलगंगा आँखा केन्द्र स्थापना गरे । जुन अहिले मानव संशोधन तालिम केन्द्र बनेको छ । यस हस्पिटलको उनी कार्यकारी निर्देशक हुन् ।

 

उनले नेपालका गाउँबस्ती पुगेर मात्र होइन, अमेरिका, उत्तर कोरियालगायतका देशका जनताको आँखाको ज्योति फर्काएका छन् । त्यसैले उनलाई ‘गडअफ लाइट’ पनि भनिन्छ ।

 

मोतीबिन्दुका कारण आँखाको ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा एक्युलर लेन्स ‘आइओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यमा दिनरात लागेर सफल भएका डा. रुइत अहिले विश्वभर प्रख्यात छन् ।

 

विश्वभर प्रसिद्धी कमाएसँगै उनी विभिन्न अवार्डबाट सम्मानित भएका छन् । मेगासेसे, थाइल्यान्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल एवार्ड, अल्वर्ट आइन्स्टाइन फाउन्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी एवार्ड, वल्र्ड इकोनोमिक फोरमले दिने सोसल इन्टरप्रेनरसीप एवार्ड, भुटानको नेसनल एवार्ड लगायतका छन् ।

 

आँखाको उपचार, क्षेत्रमा माइलस्टोन खडा गर्ने नेपाली चिकित्सा क्षेत्रको स्थापित वरिष्ठ सर्जन हुन् उनी । २५ वर्षअघि तिलगंगा आँखा अस्पताल स्थापना गरेका उनी सात प्रदेशमा एउटा एउटा सामुदायिक आँखा हस्पिटल खोल्नु पर्ने बताउँछन् ।

 

उनले विकास गरेको चिकित्सापद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै मुलुकले अपनाउन थालेका छन् । फलेको वृक्षको हाँगो निहुरिन्छ भनेझैं रुइत पनि सरल, असल र कर्ममा विश्वास राख्ने जनताको आँखाको नानी बनेका छन् । उनलाई भेट्ने जो कोही उनको व्यवहारबाट छिनभरमा प्रभावित हुन्छन् ।

 

मोतीबिन्दुका एक लाखभन्दा बढी बिरामीको आँखाको ज्योति फर्काएका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतलाई शहरमा भन्दा दूरदराजमा रहेका जनताको सेवा गर्नुमा आनन्द आउँछ ।

 

उनले धेरै अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानहरू पाएका छन् । तर सबैको नाम डायरीमा लेखेर राखेका छन् । उनी प्रचारभन्दा काममा समय लगाउनु पर्ने कुरामा बढी जोड दिन्छन् ।

 

सबैजसो कुरामा परनिर्भरदेखिने नेपालले बेलायत, अस्ट्रेलिया, क्यानाडादेखि विकासशील एसिया, अफ्रिका एवं अन्य महादेशका ४० लाखभन्दा बढी नागरिकलाई नेपालमै निर्मित आइओएल लेन्सले उज्यालो संसार दिन भूमिका खेल्नु आफैंमा गर्वको कुरा हो ।

 

सन् १९९७ देखि लेन्स उत्पादन गर्न थालेको तिलगंगाले यस बीच ४२ लाख भन्दा बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक २ सय उत्पादन हुँदै आएको लेन्सको संख्या अहिले बढेर १ हजार ८ सयभन्दा माथि पुग्न थालेको छ ।

 

विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनमा प्रख्यात तिलगंगा आँखा अस्पताल, डा. रुइतले गरेको कठोर परिश्रमको योगफल हो ।

 

७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर उनले आफ्नो सपनाको बीउ रोपेका थिए तर, त्यसको लागि थुप्रै चुनौतीहरूको सामना गर्नुपर्यो ।

 

डा. रुइत आँखाका बिरामी खोज्दै नपुगेको जिल्ला, क्षेत्र कुनै छैन । उनी विकट क्षेत्रहरूमा शिविर चलाएर अस्पतालसम्म पुग्न नसकेर अध्याँरो जीवन बिताइरहेकाहरूलाई उज्यालो बोकेर गाउँमै पुगेको पाइन्छ ।

 

उनी नेपालका बस्ती-बस्तीमा मात्र होइन, एसिया, अफ्रिका, म्यानमार, इण्डोनेशिया, उत्तर कोरिया, चीन, भियतनाम तथा ल्याटिन अमेरिकाका लगायतका देशहरूमा समेत आँखाका बिरामी खोज्दै हिड्छन् ।

 

अन्धोपन बेहोरिरहेका मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही हुन सक्दैन । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा. रुइतका लागि जीवनकै सबैभन्दा खुशीको क्षण हुने सुनाउँछन् ।

 

मोतीविन्दु उपचारको, सजिलो पद्धति अहिले चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा स्थापित भएको छ ।

 

दक्षिण अमेरिकाबाट डक्टरहरू तालिमका लागि डाक्टर रुइतलाई खोज्दै आउँछन् । मोतीविन्दुको जालो हटाउनु भनेको मानिसको जीवनलाई हराभरा बनाईदिनु हो । जुनकाम उनले निरन्तर गरिरहेका छन् ।

 

‘गड अफ लाइट’

डा. रुइतको नाम लिनेबित्तिकै मानिसहरु श्रद्धाले उनलाई ‘गड अफ लाइट’ भन्दै पुकार्छन् । उनलाई शहरमा भेट्न निकै कठिन हुन्छ । तर, दूरदराजका गाउँबस्तीमा झोला बोकेर उकाली ओरालीगर्दै हिँडेको सजिलै भेट्न सकिन्छ, आँखाको ज्योति फर्काउँदै गरेको अवस्थामा ।

 

हुने खानीहरु त विश्वका जुनकुनै ठाउँमा रहेका हस्पिटलमा उपचार गर्नसक्छन् तर, एक छाक खान विहानसाँझ हाडछाला घोट्नेहरुले के गर्नु ? शायद त्यही भएर होला डाक्टर रुइतलाई ‘गरिवका ज्योति’ पनि भनिन्छ ।

 

अन्धोपन बेहोरिरहेका मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही हुन सक्दैन । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा. रुइत नेपालका गाउँबस्तीमा मात्र होइन विश्वका ७० मुलुकमा कतै आफै त, कत्तै आफूले आविस्कार गरेको सजिलो र सस्तो प्रविधि मार्फत पुगेका छन् ।

 

सस्तो मूल्यमा गुणस्तरीय ‘आइओएल लेन्स’का आविस्कारक उनी नै हुन् । उनी आफैँले अहिलेसम्म एक लाखभन्दा बढी मोतिबिन्दु भएका मानिसको शल्यक्रिया गरिसकेका छन् । पाँच मिनेटमा एक जनाको अप्रेसन सजिलै गर्छन् ।

 

मोतिबिन्दुबाट हुने अन्धोपन निवारणमा अतुलनीय भूमिका निर्वाह गरेका डा. रुइत नेतृत्वको तिलगंगा आँखा हस्पिटल विश्वकै नमुना मानिन्छ । तिलगंगाका कार्यकारी निर्देशक डा. रुइत लाखौं गरिब परिवारका आँखाका नानी बनेका छन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...