Rajshow Bivag

मंसिरमा १८औं हस्तकला व्यापार मेला तथा १६औं क्राफ्ट कम्पिटिसन आयोजना हुने

Departmant of helth services

काठमाडौं: नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८औं हस्तकला व्यापार मेला तथा १६औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ ।

 

विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष काठमाडौं हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

 

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको आयोजकले जनाएको छ  ।

 

मेला उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु हुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए ।

 

मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुइ विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान वज्राचार्यले बताए ।

 

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ संस्थाको पनि सहयोग रहेको छ । उक्त महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

 

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ताबीचमा व्यबसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु  मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...