चर्चित चिनियाँ पपस्टार क्रिस वु बलात्कारको आरोपमा गिरफ्तार
वि.सं.२०७८ साउन १७ आइतवार १५:५५
3.2K
shares
एजेन्सीः चर्चित चिनियाँ एवं क्यानडेली अभिनेता तथा पपस्टार क्रिस वु बलात्कारको आरोपमा चीनमा गिरफ्तार भएका छन् ।
उनका पप गीतहरु अंग्रेजी र चिनियाँ दुवै भाषामा सार्वजनिक भएका छन् जुन चीनमा साथै विश्वभर नै निकै लोकप्रिय छन् ।
यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा क्रिसले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । वुले भने सबै आरोप अस्वीकार गरेका छन् ।
एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले यो घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन् ।
पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको र उनले आफूलाई मदिरा सेवन गर्न दबाब दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन् ।
उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वुले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको अन्य सात महिलाले पनि बताएका छन् ।
वि.सं.२०७८ साउन १७ आइतवार १५:५५



















