Rajshow Bivag

जस्मिन पेन्ट्सका ३० वर्ष: पारिवारिक लगानीबाट सुरुवात भई स्वदेशी नम्बर वान पेन्ट्सका रुपमा अगाडि बढ्दै

Departmant of helth services

 

काठमाडौं: आजभन्दा करिब ३० वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरू हुने प्रक्रिया बढ्दै थियो । सोही क्रममा रंगरोगनको माग पनि विस्तारै बढ्दै थियो ।

 

चितवन भरतपुरका तीन दाजुभाई गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । ५० को दशकको सुरूमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर दाजुभाईहरूबीच रङको उद्योग सुरू गर्ने सल्लाह भयो । भरतपुरमै उद्योग स्थापना भयो । अपरेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो । समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए । जसकारण ३० वर्षदेखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स ।

 

सामान्य पारिवारिक पृष्ठभुमि अनि सामान्य लगानीबाट सुरू भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ । मुलुकभरका करिव ६० जिल्लाका एक हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेको छ । अहिले उद्योगमा मात्रै दुई सयभन्दा बढीले रोजगारी पाएका छन् । उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरशीप समेत गरेको छ । भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ ।

 

अवार्ड र सर्टिफिकेसन

वि.सं. २०५१ बाट पेन्ट्स उत्पादन सुरू गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन् । उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ । यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१:२००० सर्टिफिकेसन पाइसकेको छ । यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड-लण्डन’ र ‘नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड-२०१८’ पाइसकेको छ । साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।

 

दैनिक २० टनसम्म उत्पादन क्षमता

सुरूवाती समयमा दैनिक एक टनमात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ । जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कूल पेन्ट्स’, रोयल ग्लेज, वेदर केयर रहेका छन् भने भित्ती भित्ताका लागि होम, ट्रिम, म्याजोलिका ईमल्सन रहेका छन् । यस्तै अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल,डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ । साथै आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरि काम भइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए ।

 

सामाजिक उत्तरदायित्व

उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ । साथै मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आइरहेको छ । २०७२ को भुकम्प पछि पर्यटकको लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो । साथै विश्वकै ठूलो ढाका टोपी निर्माण गरी सो को विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन् । वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...