यस्तो छ देखाउन मात्रै राखिएका यी विद्युतीय गाडीहरू
वि.सं.२०८० भदौ २७ बुधवार १६:२१
3.3K
shares
काठमाडौं: नाडा अटो सोमा ४ वटा विद्युतीय मोडल अवलोकनकर्तालाई देखाउन मात्रै राखिएको छ । मंगलबारदेखि सुरु अटो सोमा ग्राहकलाई आकर्षित गर्न नेटा र बीवाईडीले प्रदर्शनका लागि मात्रै चीनबाट नयाँ मोडलका गाडी भित्र्याएका हुन् ।
अटो व्यवसायीले प्रदर्शनीका लागि मात्रै गाडी ल्याउन पाउने कानुनी व्यवस्था छ । विगतका अटो सोमा पनि केही मोडल प्रदर्शनीका लागि भित्रिने गरेका थिए । नेपालमा चौधरी ग्रुप अन्तगर्तको सिजी मोटर्स आधिकारिक विक्रेता रहेको नेटाले ३ वटा मोडल प्रदर्शनीका लागि ल्याएको छ ।
कम्पनीले नेपालमा नेटा भीमात्रै बिक्री वितरण गर्दै आएको छ । एसयुभी सेगमेन्टको नेटा यु नेपालमा छिट्टै ल्याउने चौधरी ग्रुपले जनाएको छ । यसले एक पटकको फुल चार्जमा ६१० किलोमिटरसम्म रेञ्ज दिन्छ । नेटाले लङ रेञ्ज भर्जनको नेटा एस अटो शोका लगि भित्राएको छ । सेडान सेगमेन्टको गाडी चीनमा १ वर्षअघि लञ्च गरेको थियो ।

नेटा एस ७१५ लिसज राडर भर्जन, ६५० फोर ह्वील भर्जन र ५२० स्ट्यान्डर्ड भर्जनका गाडी उत्पादन गर्दै आएको छ । स्पोर्टस् कार सेगमेन्टमा नेटा एस उपलब्ध छ । सामाजिक सञ्चालनमा टेस्ला गाडीसँग तुलना गरिएको नेटा जीटी प्रदर्शनीमा राखिएको छ ।
दुईवटा ढोका भएको कारमा ४ सिट छन् । विद्युतीय सुपर कारका रुपमा प्रस्तुत गरिएको १.३ वर्गमिटरको पानारोमिक सनरुफ रहेको छ । गाडीमा १७.६ इन्च सेन्ट्रल कन्ट्रोल स्क्रिन छ । एक पटकको चार्जमा ५८० किलोमिटरसम्म कुद्छ । १७० किलोवाट र ३४० किलोवाट मोटर भएको गाडी हो यो । त्यस्तै चिनियाँ ब्रान्ड बीवाईडी सिल पर्दशनीका लागि राखिएको छ । सिल एक पटकको चार्जमा ७०० किलोमिटरसम्म कुद्छ ।
यसलाई टेस्ला मोडल ३ र बीएमडब्लु आईफोरको प्रतिस्पर्धीका रुपमा हेरिएको छ । अटो सिलमा ८२ किलोवाट आवर क्षमता रहेको छ । १५० किलोवाट डिसी फास्ट चार्जिङबाट आधा घण्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

वि.सं.२०८० भदौ २७ बुधवार १६:२१



















