YouTube Link

वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय रिपोर्ट सार्वजनिक, २० वटा वाणिज्य बैंकको नाफा ७० अर्ब १७ करोड

Facebook Link

 

काठमाडौं: नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।

 

गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले कूल ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए ।

 

दुई ठुला बैंक ‘नबिल’ र ‘ग्लोबल आईएमई’ बीच प्रतिस्पर्धा देखिएको छ । आर्थिक वर्षको अन्तसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बढी नाफा कमाएर शीर्ष स्थानमा रहन सफल नबिल बैंकलाई ग्लोबल आईएमई बैंकले पच्छ्याइरहेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

गत वर्ष ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकलाई यस वर्ष नबिल बैंकले ७६.८६ प्रतिशत अर्थात् ३ अर्ब २७ करोड ११ लाख २५ हजार रुपैयाँले नाफा वृद्धि गर्दै ग्लोबल आईएमई बैंकलाई उछिनेको हो । आर्थिक वर्ष २०७८/७९ मा नबिल बैंकले जम्मा ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

यस्तै, यस वर्ष पनि आफ्नो तेस्रो र चौथो स्थान कायम गर्दै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले क्रमशः ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ र ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकहरूले क्रमशः १४.५४ प्रतिशत र १०.३५ प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक: बैंकले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ७६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १३.१४ प्रतिशतले नाफा बढाएको हो ।

 

स्ट्यान्डर्ड चार्टर्ड बैंक: यो वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र नाफा आर्जन गरेको बैंकले यो वर्ष ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

 

यस्तै, नेपाल बैंक, एनएमबी, एभरेस्ट, हिमालयन, सिद्धार्थ, कृषि विकास, प्रभु, सानिमा, लक्ष्मी–सनराइज, नेपाल एसबीआई, सिटिजन्स् र माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको तुलनामा आकर्षक नाफा वृद्धि गर्दै १ अर्ब ८५ करोड रुपैयाँदेखि ३ अर्ब ४१ करोड रुपैयाँसम्म नाफा कमाएका छन् ।

 

१८ वटा वाणिज्य बैङ्कहरूले खराब आर्थिक स्थितिका बाबजुद पनि आकर्षक नाफा वृद्धि गर्दै गर्दा यता दुईवटा बैंकको नाफामा भने ब्रेक लाग्न पुगेको छ । सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षभन्दा पनि कम नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक र कुमारी बैंक रहेका छन् । बैङ्कहरूले क्रमशः १८.८१ प्रतिशत र २४.१४ प्रतिशतले नाफा गुमाएका छन् ।

 

अघिल्लो वर्ष नै २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाइसकेको प्राइम कमर्सियल बैंकले यो वर्ष २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ भने २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको कुमारी बैंकले यो वर्ष १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

तथापि, २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पुच्छरमा रहेर माछापुच्छ्रे बैंकले जम्मा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ९.७५ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...